केन्यामा जारी आईटिएफ टेनिस सर्किटमा प्रेरणा र सलोनीको जोडी क्वाटरफाइनलमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  513 पटक हेरिएको

काठमाडौं, माघ १५ ।  

नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा लगातार दोस्रो जित हात पारेको छ ।

गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले बुधबार भएको दोस्रो चरणको खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीलाई रोमाञ्चक खेलमा ६-२, ३-६, ११-९ ले पराजित गर्यो ।

प्रेरणा र सलोनीको जोडीले पहिलो चरणमा बुल्गेरियाकी एम्मा फान्टोउसिस र ग्रेट ब्रिटेनकी अन्जली कोटेचाको जोडीलाई ६-२, ६-२ ले पराजित गरेको थियो । सिंगल्सतर्फ भने प्रेरणा र सलोनी पराजित भइसकेका छन् ।

यसअघि केन्यामै भएको जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेर पराजित भएकी थिइन् भने सलोनी पहिलो चरणमा पराजित भएकी थिइन् । यस्तै गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार