संखुवासभामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत् परियोजनामा बम विस्फोट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1468 पटक हेरिएको

संखुवासभा, माघ १२ ।

संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा अपरिचित ब्यक्तिहरुको समूहले बम विस्फोट गराएको छ । आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट अरुण तेस्रोले प्रयोग गरिरहेको जेनेरेटर र पर्खालमा क्षति पुगेको जनाएको छ ।

कसले र कुन उद्देश्यले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएकाले अहिले पनि विप्लव कार्यकर्ताले गराएको हुनसक्ने संखुवासभा प्रहरीको अनुमान रहेको छ । तर अहिल्यै यसबारे यकिन विवरण भने आएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार