काठमाण्डौँ, माघ १२ ।
प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्बिरोध निर्वाचित भएका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।
असोज देखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी नदिएका कारण अग्नि सापकोटा निर्बिरोध निर्बाचित भएका हुन । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि सभामुख रिक्त थियो।
जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले संसद बैठकको अध्यक्षता गरेका छन्। ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।
संसदमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले पार्टीले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सुनाएका थिए। ‘कांग्रेसले उपसभामुखमा बार्गेनिङ गरेर सभामुखमा उम्मेदवारी दिएन भन्ने चर्चा गलत रहेको पनि उनले स्पष्ठ पारेका छन ।,’ उनले संसदमा भने, ‘संविधानमा फरक पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने उल्लेख छ। नेकपाले यो बुझ्छरबुझ्दैन, बुझेर नि बुझ पचाउछ त्यो हामीलाई थाहा छैन। मत हामीसँग छैन, कमण्डलु लिएर आएको पनि छैन।’
उनले अदालतमा सापकोटाविरूद्ध रहेको मुद्दाका विषयमा हिजो गलत काम भएको उल्लेख गरे। रिजालले घुमाउरो भाषामा उपसभामुख शिवमाया तुम्बाहाङ्फे नै सभामुखका लागि सक्षम रहेको तर नेपालमा अझै पनि महिलाहरुको बारेमा खुलेर समर्थन नगर्ने कारणले नै महिलाहरु पछाडी परेका छन भन्ने आशय पनि ब्यक्त गरे ।
अर्को संसद बैठक पर्सि १४ गते मङ्गलबार बस्ने गरि सकिएको छ । अर्को बैठक भने निर्बिरोध निर्बाचित सभामुख अग्नि सापकोटाले गर्ने छ । जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा संसद बैठक संचालन गर्न सहयोग गर्ने सम्पुर्ण माननीय सांसद, सचिवायका महासचिब लगायत सचिवालयका सम्पुर्ण कर्मचारीहरुलाई धन्यबाद दिदै बिदा भएका छन ।