काठमाडौं, माघ १२ ।
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तथ्याङ्क बिभागले प्रत्येक १०/१० बर्षमा गरिने तथ्याङ्क संकलन केहि महिना अगाडी सम्पन्न गरेको थियो सोको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गर्दै छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।
अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । पछिल्लो समय बिदेशी संख्यामा महिलाको संख्या उल्लेख्य रहेको पनि बिभागले जनाएको छ ।