चलचित्र कलाकार संघको आयोजनामा ‘‘दि कर्मा’’को बिशेष सो सिटी सेन्टरमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1741 पटक हेरिएको

काठमांडौ, माघ ११ ।

नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ, चलचित्र कलाकार संघको आयोजनामा दि कर्माको बिग सो सिटी सेन्टर, कमलपोखरीमा प्रदर्शन गरीने भएको छ । श्रीत फिल्मस एण्ड ईन्टरटेनमेन्ट र जय मिडिया म्यानेजमेन्टको ब्यानरमा निर्माण गरीएको दि कर्माको यही आऊदो मंगलबार बिग मुभिज सिटी सेन्टरमा बिशेष सो गर्न लागिएको नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष रेजीना उप्रेतीले भिजन अनलाईन न्युजसंगको टेलीफोन संवादमा भन्नुभयो ।

नेपाली चलचित्र कलाकारहरुको सहयोगार्थ बिशेष प्रदर्शन गर्न लागिएकोले सम्पूर्ण चलचित्रकर्मी तथा सम्पूर्ण चलचित्र प्रेमीहरूलाई हलमा उपस्थित भई चलचित्र हेरी सहयोग गरीदिनु हुन समेत यही भिजन अनलाईन न्युज मार्फत सम्पूर्णलाई बिशेष अनुरोध तथा निमंत्रणा गर्दछु , वरिष्ठ उपाध्यक्ष तथा संयोजक रेजीना उप्रेती बताउनुहुन्छ । उक्त चलचित्र यही माघ १७ अर्थात जनवरी ३१ तारिकबाट देशैभरी एकै साथ प्रदर्शन हुदैछ ।

नेपाली चलचित्र कर्मीहरूको साझा संस्था नेपाल चलचित्र कलाकार संघ चलचित्र कलाकारहरू कै हकहित, अधिकार र सहयोगको लागि स्थापना गरीएको र कलाकारहरूमा आइपर्ने विविध समस्या तथा आपतकालीन सहयोग गर्ने उद्देश्यले उक्त दि कर्माको च्यारिटी सो आयोजना गरीएको समेत जानकारी गराऊनु भयो । यही माघ १४ गते मंगलबार सिटी सेन्टर, कमलपोखरीमा दिनको २:०० बजेबाट दि कर्माको बिशेष सो हुने जानकारी समेत गराईन । प्रवेश तथा सहयोग शुल्क रु १००० मात्र रहेकोले चलचित्र हेरी मनोरंजन लिई कलाकारहरूको ऊथ्थानको निमित्त सहयोग गर्न सम्पूर्ण कलाकार तथा चलचित्र प्रेमीहरूमा बिशेष अनुरोध गर्दछु, संयोजक रेजीना उप्रेतीले बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार