

चीन, माघ ११ ।

चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको जनाएको हो। कोरोना भाइरसको संक्रमणबाट चिकित्सककै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो। चिकित्सक कै मृत्यु भएपछी सर्वसाधारण व्यक्तिमा थप त्रास फैलिएको छ ।
डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उपचारमा खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन्।

योसँगै चीनमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ। त्यस्तै १ हजार २ सयभन्दा बढी जनामा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। यस्तै कोरोना भाईरस चीनबाट नेपाल फर्केका नेपाली बिध्यार्थीमा पनि देखीएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरीसकेको छ । आज थप एक जना नेपालीमा कोरोना भाईरस रहेको आसंकामा स्वास्थ्य जाँच भईरहेको छ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

