टर्कीमा शक्तिशाली भूकम्प , हालसम्म १८ जनाको ज्यान गयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  999 पटक हेरिएको

टर्की, माघ ११ ।

टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ ।भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायका अनुसार, भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएका छन् ।

टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भूकम्पपीडितहरूको राहत र उद्धारका लागि पनि ४०० टोली परिचालन गरिएको जनाएका छन् ।

टर्कीमा भूकम्प स्वभाविक मानिन्छ । सन् १९९९ मा यहाँ गएको भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो । त्यस यताको ठुलो भूकम्प मानिएको छ । यस भूकम्पमा परी थप मानवीय क्षति भएको र के कती मानवीय तथा धन जनको क्षति भएको छ त्यस सम्बन्धि पूर्ण विवरण भने आउन बाँकि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार