काठमाडौं, माघ १२ ।
नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारको संसद बिघटन बिरुद्ध पहिलो र दास्रो चरणको आन्दोलन गरिसकेका प्रचण्ड माधब नेपाल समुहले फेरि तेु्रो चरणको आन्दोलन गर्न लागेको हो । पार्टी बैठकबाट प्रधानमन्त्रि ओलिलाई साधारण सदस्य समेत नरहने गरी निक्ष्कासन गरेका उक्त समुहले थप सशक्त बिरोधका कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।