अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै इराकमा ब्यापक प्रदर्शन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  752 पटक हेरिएको

ईराक, माघ ११ ।

अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार देखि हजारौंले प्रदर्शन गरेका छन्। सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार अमेरिकी सेना फिर्ता पठाउनु पर्ने माग राख्दै प्रदर्शन भएको हो। बग्दादमा गत अक्टोबरदेखि सरकार परिवर्तन, अग्रीम निर्वाचन र भ्रष्टाचार न्युनिकरणलगायतका माग राख्दै आन्दोलन भइरहेको थियो।

बग्दादको जाडिरियाह जिल्लामा शुक्रबार बिहानै सुरु भएको प्रदर्शनमा हजारौँको सङ्ख्यामा पुरुष, महिला र बालबालिकाहरू सहभागी भएका थिए। ‘अमेरिकी सेना फिर्ता जाऊ’ भन्दै प्रदर्शनकारीहरूले प्रदर्शनमा चर्का नारा लगाएका थिए। प्रदर्शनमा लोकप्रियतावादी राजनीति गरिरहेकाहरू सहभागी भएको जनाइएको छ।

उनीहरूले इराकमा रहेको सबै विदेशी सुरक्षा निकायहरूलाई निकाल्न माग गरेका थिए। इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरूले बताउने गरेका छन्। इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानी, सिया समुदायको समर्थन रहेका इराकी एक समूहका नेतासहितको हत्या भएपनि इराकीहरू विदेशी सुरक्षाकर्मीप्रति आन्दोलित भएका हुन्।

इराकको पश्चिमी प्रान्त अन्बर र इर्बिल अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेर उहाँको हत्या भएको थियो। अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथि यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो। ईराक सरकारले अमेरिकी सरकारलाई आफ्नो सेना फिर्ता गर्न बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै आएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार