जापान, माघ ११ ।
गैर- आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( NRNA JAPAN ) ले हिजो NRNA JAPAN CONCLAVE -2021 सुरुवात गरेको छ। संघको वार्षिक कार्यतालीकामा उक्त कार्यक्रमको आयोजना प्राथमिकताका साथ रहेपनि कोरोना संक्रमणको कारणले भौतिकरुपमा नभै प्रविधिको माध्यम बाट भयपनी कार्यक्रमको सुरुवात भएकोछ। एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीज्यूको अध्यक्षता, नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख श्री अम्बिका जोशीको प्रमुख आतिथ्य र एनआरएनए आइसीसीका उपाध्यक्ष डा बद्री केसीज्यूको विशेष सहभागितामा सुरु भएको कार्यक्रम दुइ सत्रमा संचालन भएको थियो।
जसअनुसार उद्घाटन सत्रमा एनआरएनए जापानकी बरिष्ठ उपाध्यक्ष अनिता गुरुङज्यूको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष श्री मोहन घले, एनआरएनए जापानका सल्लहाकार श्री नरेन्द्र बस्नेत दिनेश, उच्च स्तरीय समितिका सदस्य श्री धर्म अधिकारी ,संस्थापक अध्यक्ष श्री राजन प्रधानाङ्ग, आइसीसी सदस्य श्री तुलशी राम खरेल, एशीया प्यासिफिक संयोजक श्री गोबिन्द श्रेष्ठ रोविन्दले सुभकामना मन्तब्य राखेका थिए ।
सबै बक्ताहरुले एनआरएनए जापानले आज प्रविधिको माध्यम बाट भयपनी खास गरी जापान स्थित नेपाली समुदाय लाई लक्षित गरी अहिलेर समयसामयीक विषयहरुलाई समिति अहिले सम्मकै उत्कृस्ट कार्यको थालनी गरेको र यसले प्रतक्षरुपमा नेपाली समुदायलाई फाइदा पुर्याउने विश्वास व्यक्त गर्नु भएको थीयो।
साथै उक्त कार्यक्रम बिभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि, बौद्दिक व्यक्तित्त्व, बिद्यार्थी, व्यवसायीहरुको सहभागीता रहेको थीयो। भने विभिन्न मिडियाबाट प्रतक्ष प्रशारण गरिएको थीयो।
यसैगरी विशेष अतिथि आइसीसी उपाध्यक्ष डा बद्री केसीज्यूले जापान एस्तो देश हो जहा बाट २ ओटा आइसीसी अध्यक्ष उत्पादन गर्नसकेको साथै, एनसीसी जापान उत्कृस्ट एनसीसी मध्यको एक रहन सफल भएको, आइसीसीलाई आर्थिक, भौतिक र विभिन्न प्राविधिक विषयमा प्रतक्ष सहयोग पुर्याएको र अहिलेको अवस्था यस्तो महत्त्वपूर्ण कार्यको सुरुवातगरी नमुना एनसीसीको रुपमा अग्रपंतिमा रहन सफल भएको जानकारी गराउनु भएको थीयो।
यसै गरी प्रमुख नेपाली दूतावास जापानका उपनियोग प्रमुख अतिथि श्री अम्बिका जोशीज्यूले यस्तो कार्यक्रममा दुतावासको जहिलेपनि सहयोग रहने, यस्ता कार्यक्रमले नेपालको विकाशमा अत्यन्तै सकारात्मक भूमिका खेल्ने, साथै यस कार्यक्रमका हरेक सेसनका बौद्धिक प्यानलिष्टहरुहरु नेपाल सरकारको परराष्ट्र मन्त्रालयको ब्रेन ग्रेन सेन्टरमा समाबेस गर्न आफुजहिले पनि तयार रहेको जानकारी गराउनु भएको थीयो।
कार्यक्रमको संचालन कार्यक्रममा संयोजक तथा महासचिव जनक बिक्रम शाहीले गरेका थिए। उद्घाटन समारोहको लगत्तै CONCLAVE को पहिलो सेसन “COVID – 19 and the current prospect” विषयक सेसनको सुरुवात भएको थीयो। उक्त सेसनको संचालन एलिजा केसीज्यू ले गर्नु भएको थीयो भने प्यानलिस्टहरुमा जापानिज डा युताका तोमिसिमा, डा सन्दीप शाक्य, मिस दिव्या भण्डारी रहेका थिए।
सबै प्यानलिस्टहरुले जापानमा कोरोनाको हालको अवस्था, जापानका हस्पिटलमा नेपाली बिमारीहरुको पहुच यसका चनुती र अवसरहरुको वारेमा बिस्तृत रुपमा छलफल भएको थीयो भने उक्त कार्यक्रममा कोरोना बाट संक्रमितभै भर्खरै मात्र ठिक हुनु भएका एनआरएनए जापानका सल्लाहकार बाबुराम भण्डारीज्यूले आफुले भोगेको अनुभव यसबाट सिक्नु पर्ने पाठ र बच्न अपनाउनु पर्ने उपायहरुको वारेमा विस्तृत रुपमा राख्नु भएको थीयो।
अब यस CONCLAVE को दोश्रो सेसन यहि जनवरी ३१ आइतवारको दिन साझ ८ बजे ( जापान समय) बाट प्रवासमा बालबालिकाको जीवन, अवसर र चुनैती विषयमा रहने एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।