राष्ट्रपतिका सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  740 पटक हेरिएको

काठमाण्डौँ, माघ १० ।

राष्ट्रपति बिद्यादेबि भण्डारीका राजनितिक सल्लाहकार सुशील प्याकुरेलले सल्लाहकार पदबाट राजीनामा दिएका छन । सभामुख चयनको बिषयमा असहमति जनाउदैँ आएका प्याकुरेलले आज राष्ट्रपति समक्ष राजिनामा पत्र बुझाएका हुन । प्याकुरेल लामो समय देखि ईन्सेक नामक संस्थामा आबद्ध हुदै मानब अधिकारको बिषयमा वकालत गर्दै आएका ब्यक्ति हुन ।

सभामुख चयनको बिषयमा पनि अग्नि सापकोटा पुर्व माओबादीको जनयुद्धको क्रममा नीजलाई काभ्रेका एक ब्यत्तिलाई अपहरण गरी हत्या आरोप लागेकाले त्यस्ता ब्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै असहमति राख्दै आएका थिए तर राष्ट्रपतिले सो बिषयमा कुनै पनि प्रतिक्रिया नजनाए पछि सल्लाहकार पदबाट राजिनामा दिएको प्रतिक्रिया दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार