काठमाडौं, माघ १० ।
उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कदैछन् । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउन लागेका हुन् । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती मगर पनि नेपाल आउनेछिन् । वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो ।
तर, त्यहाँ उपभार सम्भव नभएपछि चिकित्सककको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए । त्यहाँ पनि उपचार पश्चात स्वास्थ्यमा खासै सिरवर्तन नआएपछि निजलाई चीन लगिएको थियो । त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो । बर्षमान पुन स्वास्थ्य उपचारको क्रममा चीनमा रहेकोले नेकपा माओबादी४ारा आयोजित महाधिबेशनमा समेत भाग लिएका थिएन । नेकपा माओबादी केन्द्रले बर्षमान पुनको अनुपस्थितिका कारण पदाधिकारी चयन नगरेको भन्ने नेता तथा कार्यकर्ताको बुझाई रहेको छ ।
नेकपा माओबादीमा जनार्दन शर्मा र बर्षमान पुन महासचिबका दाबेदार हुन । नेकपा माओबादीका अध्यक्ष प्रचण्ड दुबै नेताहरुको उपस्थितिमा मात्र केन्द्र्रिय पदाधिकारीहरुको चयन गर्ने मनस्थितिमा रहेको बुझिएको छ । पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन् । उनी चीनमा रहेकाले माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन ।