हिमालयन चितुवालाई जापानमा ‘च्याम्पियन मेडल’ उपाधि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  604 पटक हेरिएको

जापान, माघ १० ।

युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् । जापानको टोकियोमा हालैमात्र सम्पन्न हिट ४६ किक बक्सिङ प्रतिस्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात पारे ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उनी हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उनी जापानमा ‘हिमालयन चितुवा’को नामले परिचित रहेका छन् । उनले पछिल्लो समय किक बक्सिङ प्रतिस्पर्धामा निरन्तर आफ्नो पक्षमा जित हासिल गर्दै आइरहेका छन्। उनी हालसम्म १५ अन्तराष्ट्रिय पूतिस्पर्धामा विजयी भईसकेका छन् ।

उनी नागोया शहरमा रहेर नेपालको तर्फबाट किक बक्सिङमा व्यावसायिक खेल खेल्दै आएका छन् । उनी पछिल्लो समय नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार अभियानमा समेत जुटेका छन् । बक्सर देव घिमिरेबाट अविरलले बक्सिङको विशेष प्रशिक्षण प्राप्त गरेका थिए । उपाधि हासिल गरेपछि अविरलले अगामी दिनमा अझ मैदानमा कडा रुपमा उत्रने प्रतिक्रिया दिएका छन् । जापानमा हुने बक्सिङमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आएका उनी हाल नागोथामा बस्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार