जापानको फुकुओकामा एक नेपाली युवाको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  837 पटक हेरिएको

जापान, माघ ९ । 

जापानको फुकुओका केनमा भाषा विद्यार्थीका रुपमा ३ बर्ष अघि जापान आएका नेपाल गुल्मी जिल्ला घर भएका मगर थरका करिब २२/२३ बर्षका एक युवाको मृत्यु भएको छ ।

जनवरी १७ तारिकबाट सम्पर्क विहिन भएका मगरलाई साथिहरुले खोज्दै कोठामा जादा आईतबार आफ्नो मृत्यु आफैले रोजेको अवस्थामा भेटिएको समाचार प्राप्त भएको छ ।

मगरले गएको बर्षको ओसोजमा गएर फेशबुक मार्फत प्रेममा परेकासग विबाह समेत गरेको बुझिएको छ । केहि समय देखि जिवन र परिवारका बारेमा दिक्कदारी बताउदै आएका मगरले के कारणले यस्तो अप्रिय निर्णय गरे उनलाई नजिकबाट चिन्ने साथिहरु पनि दुखि भएका छन ।

घरमा बाबा आमा श्रीमती र भाई रहेको मगरको परिवारमा मगरको मृत्युको खबर भाई मार्फत पुगेको जानकारी प्राप्त भएको छ । मगरको शवलाई प्रहरीले हस्पिटल लगिएको छ भने नेपालमा परिवारलाई नेपाली राजदूतबास मार्फत जानकारी दिने स्कुलले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार