काठमाण्डौँ, माघ ९ ।
“अनुशासन नै सफलताको प्रतिक हो” भन्ने मुल शुत्रका साथ बि.सं.२०३७ सालमा स्थापना गरेको एभेरेष्ट कलेजमा कक्षा ११ र १२ को नयाँ भर्ना खुलेको छ । शिक्षा क्षेत्रमा लामो सेवा पुर्याउदै आईरहेको एभरेष्ट कलेज, ठमेलमा नयाँ भर्ना खुलेको हो । बि.सं.२०३७ सालमा नर्सरी देखि कक्षा १० सम्मको पढाई शुरु गरेको उक्त बिद्यालयमा पछि समुदाय र बिद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै उच्च शिक्षाको पढाई पनि शुरु गरेको हो ।
अनुभबि शिक्षकहरुको उपस्थितिमा पठनपाठन हुने उक्त क्याम्पसमा बिभिन्न बिधाका कक्षा संचालन हुदै आईरहेको छ । हाल कक्षा नर्सरी देखि प्लस २ साईन्स, म्यानेजमेन्ट, ह्युम्यानिटि र फेसन डिजाईनका कक्षाहरु संचालन हुदै आईरहेको छ । काठमाण्डौँ स्थित ठमेलमा अबस्थित एभरेष्ट कलेजमा गुणस्तरीय र ब्याबहारिक शिक्षा प्रदान गर्दै आईरहेको उक्त कलेजमा शैक्षिक सामाग्री, साईन्स ल्याब, खेलकुद मैदानको उचित व्यवस्थाका साथ पठनपाठन हुदै आईरहेको छ ।
भिजन अनलाईन न्युजसंग प्रत्यक्ष संवाद गर्दै कलेज प्रमुख अनुप आचार्यले काठमांडौको मुटु ठमेलमा रहेको एभेरेष्ट कलेजमा एसईई र कक्षा ११ उत्तीर्ण गरेका बिध्यार्थीहरूको लागि कक्षा ११ र १२ को नया भर्ना खुला रहेको र सिमित सिट मात्र बाँकी रहेकोले तुरुन्त कलेज प्रशासनमा सम्पर्क गर्न समेत बिध्यार्थी तथा अभिभावकहरुमा अनुरोध गर्नु भयो । गुरस्तरिय शिक्षा, सुलभ भर्ना तथा कलेज फि रहेकोले हरेक ब्यक्ति, समुदाय तथा बिध्यार्थी बर्गलाई आर्थिक भार नपर्ने समेत जानकारी गर्नु भयो ।
होटेल म्यानेजमेन्टको समेत अध्यापन हुदै आईरहेको उक्त कलेजमा बिद्यार्थीहरुलाई फ्रि ईन्टर्नसिपको ब्यबस्था र रोजगारको लागि बिभिन्न होटलहरुमा समेत सिफारिस गर्ने बताए । उक्त कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई बिभिन्न क्षेत्रमा रोजगारको लागि समेत सहयोग गर्ने वा अन्य उच्च शिक्षाको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय बिश्वबिद्यालयमा अध्ययनको लागि आबश्यक काउन्सेलिङ्ग दिने समेत जनाउनु भयो ।
पछिल्लो समय बिश्व कोरोना भाईरस (Cocid-19)बाट आक्रान्त भईरहेको अबस्थामा त्यसको प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा पनि परेकोले नेपाल सरकारको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नया भर्ना तथा कक्षा संचालन गर्ने समेत जानकारी गराउनु भयो । कोरोना भाईरसको महामारीका कारण लामो समय शिक्षा, व्यापार ब्यबसाय, उध्योग कलकारखाना लामो समय बन्द रहेको र यसबाट देशमा आर्थिक मन्दी छाएकोले अब नया सिराबाट व्यवस्थित र सुरक्षित तबरबाट संचालनमा ल्याऊनु पर्ने बताउनु भयो ।
उक्त क्याम्पसमा हाल उच्च शिक्षा परिषदको सम्बन्धनमा कक्षा ११र १२ र सिटीईभिटिईको सम्बन्धनमा फेसन डिजाईनिङका कक्षाहरू संचालन हुदै आईरहेको छ ।