काठमाडौं, माघ ९।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा शक्ति प्रदर्शन सहितको बिशाल जनसभा सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विरोध प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाकेन्द्रित बिशाल जनसभाको आयोजना गरिएको हो । बाग्मति प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाबाट उपत्यका आमसभामा भाग लिन हजारौँ नेता तथा कार्यकर्ता काठमाण्डौँ आएका थिए ।
सभालाई अध्यक्षद्वय प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरुले सम्बोधन गरेका छन् । रत्नपार्क–भद्रकाली सडकखन्डको मूल सडक नै थुनेर सभा आयोजना गरिँदा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । सभाअघि उपत्यकामा विभिन्न १० स्थानबाट जुलुस निकालिएको थियो । प्रधानमन्त्रि के.पि शर्मा ओलिले एकाएक संसद भंग गरेपछि तातिएको नेपालको राजनितिक परिघटना गम्भिर मोडमा पुगेको छ । प्रधानमन्त्रि ओलिको प्रतिगमनकारी कदमको बिरुद्धमा अधिकांश राजनितिक दलहरुको बिमति छ र यसलाई अदालतले पुनःस्थापना गर्नुपर्ने माग गर्दै सर्बोच्चमा परेको रिट निबेदन माथि बहस भईरहेको छ ।
बहसका क्रममा पनि अधिकांश अधिवक्ता तथा वकिलहरु प्रधानमन्त्रिको कदम अस्ंबैधानिक रहेको र संबिधानमा प्रधानमन्त्रिलाई संसद बिघटन गर्ने अधिकार नरहेको बताउदै आईरहेको छ । तर यस बिषयमा सर्बोच्चमा बहस सकिएको छैन भने निर्णय के आउछ भन्न सक्ने अवस्था नरहेको राजनितिक बिश्लेषकहरुले बताउने गरेको पाईन्छ । नेकपाका प्रचण्ड माधब समुहले प्रधानमन्त्रिको असंबैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने जनाउदै आज काठमाण्डौँमा बिशाल बिरोध सभाको आयोजना गरिएको थियो ।
बिरोध सभाका थप फोटाहरु