प्रहरी जवान यादव ५ हजार घुस सहित अख्तियारको फन्दामा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1221 पटक हेरिएको

सिरहा, माघ ८ ।

सिरहाको लाहान सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । 

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको बर्दिवास कार्यालय लगिने अख्तियार कार्यालयले जनाएको छ । यसअघि आयोगको टोलीले करिब १९ लाख रुपैयाँ घुससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित ३ इन्जिनियरलाई पक्राउ गरेको थियो । –रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार