नीलकण्ठ नगरपालिकाको आकस्मिक बैठक सम्पन्न, दुर्घटनामा घाईतेको उपचारको लागि सहयोग आह्वान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  969 पटक हेरिएको

धादिंग, माघ ८ ।

माघ ७ गते हिजो ढोला मण्डलीबाट पूजा तथा प्रसाद ग्रहण गरी फर्कदै गरेको आईचर ट्रक दुर्घटना घाईतेहरुको उपचारको लागि नीलकण्ठ नगरपालिकाले नगद ५ लाख रुपैँया सहयोग गर्ने भएको छ ।नगरकार्य समितिको बुधबार बसेको आकस्मीक बैठकले हेलिकप्टर,एम्बुलेन्स खर्च र तत्काल उपचारको लागि नगद पाँच लाख रुपैया सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता गौतमहरी अधिकारीले बताउनुभयो ।नगरकार्यपालिकाको बैठकले शोक प्रस्ताव पारीत गर्दै बुधबार नीलकण्ठ नगरपालिका मातहत रहेको सम्पुर्ण कार्यलयहरु बन्द गर्ने र राष्ट्रिय झण्डा बुधबार आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले दुर्घटनामा परी मृत्यु भएकाहरुको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकर्ट गर्दै धैर्यधारण गर्ने शक्तिको लागि कामना सहित घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरीएको छ । बैठकले दुर्घटनाका घाईतेहरुको उपचार तथा मृतकका परिवारलाई उचित राहतको लागि अन्य स्थानीय तह, प्रदेश, संघ तथा विदेशमा रहनुभएका सहयोगी समाजसेवीहरूसँग सहयोगको लागि अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

साथै बैठकले ज्वालामुखी गाउँपालिकामा अवस्थित ढोला मण्डली क्षेत्रमा मदिरा लगायत सामाजिक सद्भाव खलल पु¥याउने कुनै पनि बस्तु प्रयोग तथा उपभोग गर्न नपाउने व्यवस्था गर्नको लागि अन्य सम्बन्धी पक्षसँग अपिल गर्ने निर्णय समेत गरेको छ । घाईतेको उपचार र मृतकका परिवारलाई उचित रातहको लागि नीलकण्ठ नगरपालिकाको दैबिक प्रकोप ऊद्दार बिकास कोषको राष्ट्रिय वाणिज्य बैंक,धादिङको खाता नम्बरमा सहयोग गर्न समेत सबैमा आह्वान गरेको छ ।

सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंक,धादिङको खाता नम्बरमा १०३०३०५०४९४०२

नगरपालिकाद्वारा जारी विज्ञप्ति यस प्रकार रहेको छ ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार