डाभोस, माघ ८ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीजरल्याण्डको डाभोसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका छन् । दुईपक्षबीचको भेटअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले पाकिस्तानका प्रधानमन्त्रीलाई ‘धेरै असल मित्र’ रहेको बताएका थिए ।
ट्रम्पले भने,‘‘हामी काश्मीरको बारेमा तथा भारत र पाकिस्तानबीच के भइरहेको छ भन्ने बारेमा कुरा गर्न गइरहेका छौं, यदि हामीले मद्धत गर्न सक्यौं भने निश्चित रुपमा गर्नेछौं । हामीले भारत र पाकिस्तान बीचको कास्मीर बिबादलाई हेरिरहेको छौं । त्यसलाई समाधानका लागि पनि कुरा हुने राष्ट्रपति ट्रम्पले संचारमाध्यमलाई जानकारी गराए ।’’
सोही अवसरमा पाकिस्तानका प्रधानमन्त्री खानले अमेरिकाले समस्या समाधानको लागि आफ्नो भूमिका निर्वाह गर्ने आफूलाई आशा र बिश्वास रहेको बताएका थिए ।
भारत र पाकिस्तानको कास्मिर मुद्दा बिगतौ देखिको हो हामी यसलाई समयमा नै समाधान गरेर अगाडी बढ्न चाहान्छौ। यसका लागि अमेरिकाले सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने र सो मुद्दामा समाधानको लागि सहयोग गर्ने बिश्वास समेत ब्यक्त गरे ।
भारतले भने काश्मीर मामिला भारतको आन्तरिक मामिला भएको जनाउँदै आएको छ ।