चितवन, माघ ८ ।
मुग्लिन नारायणगढ सडकखण्डमा ठूला सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । केहि दिन अघि देखि सुख्खा पहिरो खसेको स्थानियले बताएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर – ६ तुइन खोला नजिक तीन नम्बर पुलमा मंगलबार ठूलो सुख्खा पहिरो गएको हो ।
पहिरो पन्छाउन तीनवटा जेसीबी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको थियो ।
प्रहरीका अनुसार दुई घण्टासम्म दुबै तर्फको आवागमन ठप्प भएको जनाएको छ । उक्त पहिरो पन्छाउन कम्तिमा पनि पाँच-छ घण्टा लाग्नसक्ने प्रहरीको अनुमान रहेको जनाएको थियो । अहिले भने सुख्खा पहिरो सम्पुर्ण हटाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ५ घण्टाको लगातारको प्रयासपछि भने अहिले दुबै तर्फको सवारि अवागमन सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।