जापानको ओईटा केनलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्पको धक्का, क्षेतीको विवरण आउन बाँकी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  435 पटक हेरिएको

जापान, माघ ७ । 

जापानमा भूकम्पको धक्का महसूस भएको छ । आज राति १ः१० बजेको समयमा जापानको सुदूरपक्षिम स्थित क्यूशु क्षेत्रको ओईटा केनलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । यो जापानको क्यूशु क्षेत्रमा लामो समयपछीको भूकम्पको धक्का हो । ओईटा केन्द्रबिन्दु बनाई गएको भूकम्पले जापानको फुकुओकामा भने ३ रेक्टर स्केलको धक्का दिएको जापान मेट्रोपोलीटन एजेन्सी जापानले जनाएको छ ।

भूकम्प जानु केही समय अघि मात्र मोबाईलमा भूकम्पको जानकारी सहित अलार्म घण्टी बजेको थियो । मोबाईल अलार्मले गर्दा सुतेका मानिसहरू पनि उठेर सतर्कता जनाउदई सामाजिक संजाल मार्फत उक्त भूकम्पको धक्काको जानकारी गराएका थिए । भूकम्पले जापानको कुमामोतो सांगा नागासाकी क्षेत्रमा समेत धक्का दिएको त्यहा स्थित बसोबास गर्ने नेपालीहरूले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन । भूकम्प केही समय मात्र कम्पन दिएको थियो भने भूकम्पबाट कुनै मानवीय क्षेती भने नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार