धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु २५ घाईते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1527 पटक हेरिएको

धादिङ, माघ ७ ।

धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते छन् । धादिंगको प्रसिद्ध धार्मिक स्थल ढोला मण्डलीको दर्शन गरी फर्किएका दर्शनार्थी चढेको मिनी ट्रक अनियंत्रित भई सडक मै पल्टीएको थियो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिंगले जनाएको छ ।

नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा ग.१ ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । के कारणले दुर्घटना भयो भन्ने पनि खूलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार