भारतीय नागरिक आठै जनाको निधन, सबैको पहिचान खुल्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1253 पटक हेरिएको

काठमाडौं, माघ ७ ।

मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिए।

अहिले मकवानपुर प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।  ‘दुईजना बस्नुपर्ने कोठामा आठजना बसेका र उनीहरुले अत्याधिक मदिरा सेवन गरेको खुलेको छ। १५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए।

मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार मंगलबार राति १ बजेको समयमा होटलको रिसेप्सनमा बसेकालाई थर्काएर कोठामा ग्यास सिलिण्डर लगेर बालेका थिए। झ्याल थुनेर ग्याँस हिटर बालेका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीले प्रारम्भिक आंकलन गरेको छ।

मृतक सबैको पहिचान खुलेको छ। मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रन्जित कप‚ ३४ वर्षीया इन्द्र‚ ३७ वर्षीय प्रविण‚ ३२ वर्षीया सरिया‚ ५ वर्षीय अभि‚ ७ वर्षीया चर्चना‚ ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्र रहेको प्रहरीले जनाएको छ। ऊनीहरूलाई भारत पठाऊने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार