माधब सिग्देलको नयाँ पन्चेबाजा गीत ‘भिरैको टुनिलाई’ सार्बजनिक (भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1712 पटक हेरिएको

जापान, माघ ७ ।

जापानको फुकुओकामा बस्दै आएका गायक माधब सिग्देलले भर्खरै मात्र पन्चेबाजा गीत सार्बजनिक गरेको छ । बिदेशमा बसेर पनि लोक संगीतलाई माया गर्दै आएका गायक सिग्देलको यो दोस्रो एल्बम हो । चर्चित सर्जक तथा गायक शिब हमालको लय तथा शब्दमा रहेको माधव सिग्देलको पन्चे बाजा भिरैको टुनिलाई बजारमा सार्वजनिक भएको छ । माधव सिग्देल र देबी घर्ती मगरको आवाजमा रहेको गीतमा एरेन्ज बिश्वास नेपालले गरेका हुन् । अडियो रेकर्ड मारुनी रेकर्डिङ्ग स्टुडियोमा गरिएको हो ।

गायक माधव सिग्देल र उनकी श्रीमती रोशनी अर्याल भिडियोमा देखिएका छन । गायक सिग्देल गत बर्ष मात्र बैबाहिक बन्धनमा बाधिएका थिए । भिडीयोमा उनको बिबाहको झलक समेत समाबेस गरिएको छ । गत बर्ष नै बजारमा ल्याउने तयारीमा रहेको उक्त गीत प्राबिधिक कारणले रोकिएको थियो । भिडियोमा निर्देशन प्रकाश भट्टको रहेको छ भने छायांकन दुर्गा पौडेल, देबराज आचर्य तथा स्वयम निर्देशक प्रकाश भट्ट ले गरेका छन् ।

सम्पादन बिष्णु शर्माको रहेको भिडियो निर्माण शाही भिजन प्रालिले गरेको हो । सिग्देलले आफनै युटुब च्यानल मार्फत सार्बजनिक गरेका हुन् । यस अघिपनी सिग्देलको अघिल्लो पन्चे बाजा बिहेमा नौमतीले चर्चा कमाएको थियो । माघ र फाल्गुनको महिना बिबाहको महिना समेत रहेकोले पनि उक्त गीतले ब्यापक चर्चा कमाउने गायक सिग्देलले बताए । उनै सिग्देलले आफ्नै अफिसियल यसबट्युब च्यानलबाट सार्बजनिक गरेको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

उक्त भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार