अग्नि सापकोटाले दर्ता गराए सभामुखको उम्मेद्धारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  593 पटक हेरिएको

काठमाडौं, माघ ७ ।

नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म उमेदवारी दर्ताको समय भए पनि सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयका सहसचिव अर्जुन खड्काले जानकारी दिए । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप बलियो र गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महरा जेल परेपछि खाली रहेको सभामुख पदमा आफ्नो उम्मेद्धारी दिएको हो । नेकपाको दुई अध्यक्षको बन्दी भएको संसद अब भने प्रक्रिया अनुसार चल्ने भएको छ । नेकपाको स्थायी कमिटिले सभामुख बारेमा निर्णय लिन नसके पछि सचिवालयलाई जिम्मा दिएको थियो । तर पनि सभामुख बारे कुनै निर्णय लिन सकेको थिएन । अध्यक्ष प्रचण्ड जिल्ला भ्रमणमा निक्लेपछि झन अन्योलमा परेको सभामुख छनौट प्रक्रिया पछि दुई अध्यक्षको छलफलपछि सापकोटाको नाममा सहमति भएपछि नेकपाको सचिवालयको मिटिङ्गबाट निर्णय गर्दै सभामुखको टुङ्गो लगाएको हो ।

आज बसेको नेपाली काग्रेसको संसदीय समितिको बैठकले सभामुखमा उम्मेद्धारी नदिने निर्णय गरीसकेको छ ।

योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ । अन्य कुनै पार्टीले सभामुखमा दाबी नगरेको अवस्थामा सापकोटा सर्बसम्मत सभामुखमा चुनिने लगभग पक्का छ । शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने माघ १२ पछि मात्रै सुरु हुने बताइएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार