घानामा विस्फोटमा परि कैयौं घर ध्वस्त, १७ जनाको शव भेटियो उद्धार कार्य जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  739 पटक हेरिएको

काठमाडौं , माघ ७ ।

घानाको यपिएट शहरमा भयंकर विस्फाेट भएको छ । विस्फाेटबाट कैयौं भवन भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन । सुनको खानीको रुपमा चिनिने शहरमा विस्फाेट भएको हो । खानीका लागि आवश्यक विस्फाेटक पदार्थ बाेकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फाेट भएको बताइएको छ ।

स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फाेट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ । घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार