

काठमाडौं, माघ ७ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । अहिले केहीबेरपछि दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । आजको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने तयारी रहेको एक नेताले जानकारी गराएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उमेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरिहेको स्रोत बताउँछ । नेपाली कांग्रेसले आफुहरूलाई नेकपाले उप सभामुखमा समर्थन जनाए सभामुखमा उम्मेद्वारी नदिने बताईरहेको छ । उप सभामुख तुम्बाहाम्बेले राजिनामा दिएसंगै उप सभामुख पनि खाली भएको हो । काग्रेस नेकपाको समर्थनमा उप सभामुखमा उम्मेद्धारी दिने रणनीतिमा रहेको छ । उपसभामुखको बारेमा नेकपा हाललाई मौन रहेको छ कसलाई समर्थन गर्ने भन्ने कुनै निर्णय गरेको छैन ।

माघ १२ गते हुने सभामुखको मतदानका लागि सत्तारुढ र प्रतिपक्षी दलबीच आन्तरिक छलफल भइरहेको छ । आइतबार बेलुका नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको स्रातले जानकारी दिएको छ ।
स्रोतका अनुसार प्रचण्डले फोन गरेर सभापति देउवालाई सघाउन आग्रह गरेका छन् । सत्तारुढ दल नेकपाले सभामुख निर्विरोध गर्न चाहेको छ । सोही नेकपाको योजना अनुरुप अध्यक्ष दाहालले आइतबार नै सभापति देउवालाई फोनमार्फत सभामुखमा सघाउन आग्रह गरेका हुन् । देउबाको भने उपसभामुख काग्रेसले पाउनुपर्ने दाबी राख्दै आएको छ ।

