चीन, माघ ६ ।
चीनमा पछिल्लो दुई दिनमा मात्रै थप १ सय ३९ जनामा कोरोना नामक अनौठो भाईरसको संक्रमण फेला परेको छ । वुहानबाट सुरु भएको सो संक्रमण चीनका अन्य शहरहरुमा समेत फैलिएको छ । हालसम्म सो भाइरसबाट २ सय बढी संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट श्वासप्रश्वासमा समस्या देखिएपछि ३ जनाको मृत्यु भइसकेको छ ।
दक्षिण कोरिया, जापान र थाईल्याण्डमा पनि संक्रमण फेला परेको बीबीसीले उल्लेख गरेको छ । जापानको टोक्योमा एक चिनिया नागरिकमा उक्त भाईरस भेटिएको जनाएको छ । जापानको स्वास्थ्य तथा मानब संशाधन मन्त्रालयले यि भाईरस खतरनाक भएकोले समयसमयमा स्वास्थ्य जाँच गर्न समेत भनेका छन । चिनिया नागरिकमा उत्तः भाईरस भेटिएपछि चिनिया नागरिकलाई जापान प्रबेशमा कडाई गरेको छ । निमोनिया ग्रसित ब्यक्तिमा यो भाईरस छिटो सर्ने चिकित्सकहरुले बताएको छ ।
मानिसबाट मानिसमा सर्ने सो भाइरस विश्वव्यापी रुपमा फैलन सक्ने विश्व स्वाथ्इ संगठन डब्लुएचओले यस अघि नै चेतावनी दिइसकेको छ । सो भाइरसबाट सामान्य रुघाखोकीदेखि स्वास फेर्न गाह्रो हुने जस्तो जटिल संक्रमणसम्म हुन सक्ने चिकित्सकहरु बताउँछन् ।