सभामुखको निर्वाचन माघ १२ मा तोकियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  590 पटक हेरिएको

काठमाडौं, माघ ६ ।

प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ गते विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।

संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले १५ असोजमा राजीनामा दिएका थिए । त्यससता सभामुख पद रिक्त छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार नै राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था रहेकाले नेकपाले नै शिवमायालाई राजीनामा दिन आग्रह गरेको थियो । नेकपाका द्ईअध्यक्ष बिचको तिब्र रस्साकस्सीका बीच सभामुखको निर्णय लिएका नेकपाले उपसभामुखलाई यस अघि नै राजिनामा दिन आग्रह गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार