एनआरएनए जापानद्धारा जनवरी २३ तारिकबाट “एनआरएनए जापान कन्क्लिभ-२०२१” आयोजना गर्दै

NRNA Japan Conclave-2021

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1008 पटक हेरिएको

जापान, माघ ७।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले पछिल्लो समय बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ । तर बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भलाई ध्यानमा राख्दै सामाजिक संजालको प्रयोगबाट नेपाली समुदायलाई लक्षित गर्दै बिभिन्न जानकारी मुलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । कोरोना भाईरसको महामारीका कारण एनआरएनए जापानले आफ्नो बार्षिक कार्ययोजना अनुसार निर्धारित कार्यक्रम तथा अभियानहरु संचालन गर्न नसकेका कारण जापानबासी नेपाली समुदायहरुलाई लक्षित गरि एनआरएनए जापान कन्क्लिभ २०२१ संचालन गर्ने भएको छ ।

पछिल्लो समय जापानमा पुन कोरोना भाईरस संक्रमण तिब्र बृद्धि भएसँगै जापान सरकारले आप्रबासीहरुलाई आवत जावतमा कडाई र कोरोना नियन्त्रणको लागि बिभिन्न नियम बनाई कडाईका साथ लागु गरिरहेको सन्दर्भलाई मध्यनजर गर्दै आगामी यहि जनवरी २३ तारिकको बेलुकि ८:०० बजेबाट दिनबाट साप्ताहिक रुपमा ४ सेसनमा संचालन गर्न गईरहेको एक पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

हरेक हप्ताको १ दिन कार्यक्रम संचालन गर्ने गरी चार हप्तामा चार सेसनमा संचालन गर्ने तयारीका साथ कार्यक्रम तयारी गरेको पनि एनआरएनए जापानका महासचिब जनक बिक्रम शाहीले उक्त पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । एनआरएनए जापानद्धारा आयोजना गर्न गईरहेको NRNA Japan Conclave-2021 मा ४ वटा फरक बिषयबस्तुमा बहस तथा छलफल गर्ने जानकारी समेत गराएका थिए । उक्त चार सेसनमा Covid-19 and the Current Prospects, The Joy and Challenges of Raising Children Aboard, The Doctor’s Round-table and Life in Japan with Corona, Challenges and Solutions को बिषयमा बृहत बहस तथा छलफल रहने समेत उक्त पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । उक्त बहस कार्यक्रममा बिषय बिज्ञहरुको सहभागितामा बिषयसँग सम्बन्धित ब्यक्तिबाट नै कार्यक्रम संचालनको समेत ब्यबस्था भएको जानकारी गराउनु भयो ।

उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीले जापानमा कोरोना भाईरस संक्रमण फैलिएदेखि नै नेपाली समुदायसँग नजिक रहेर साथ र सहयोग गर्दै आएको र आगामि दिनमा पनि संगसंगै हातेमालो गर्दै सहयोग गर्न तयार रहेको बताउनु भयो । उक्त पत्रकार सम्मेलनमा एनआरएनए जापानका प्रबक्ता सिद्धार्थ श्रेष्ठले जापानबासी नेपालीहरुलाई कोरोना संक्रमण भएको खबर बाहिर कम मात्रामा आएको तर भित्रभित्रै धेरै नेपाली समुदाय कोरोनाबाट प्रभाबित रहेकोले यसलाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।

१. Covid-19 and the Current Prospects 

२. The Joy and Challenges of Raising Children Aboard

३. The Doctor’s Roundtable

४. Life in Japan with Corona, Challenges and Solutions

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार