नेपालमा थप ३४८ मा कोरोना संक्रमण पुष्टि,४४१ जना कोरोना संक्रमणमुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  357 पटक हेरिएको

काठमाडौं, माघ ६ ।  

नेपालमा कोरोना सक्रमण पछिल्लो दिनमा केहि कम देखिएको छ । नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७९९२ पुगेको छ ।

त्यस्तै मंगलबार थप ४४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२२५९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६९ पुगेको छ । क्वारेन्टाइनमा १९० जना रहेका छन् भने आइसोलेसनमा ३७६४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार