आस्था राउतको नाममा पक्राउ पुर्जि जारी, नेपाल आएपछि पक्राउ गरिने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1060 पटक हेरिएको

काठमाडौं, माघ ५ ।

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी जारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले पत्रकारलाई जानकारी दिए। 

काठमाडौं प्रहरी परिसरले आइतवार मुद्दा दर्ता गरेपछि प्रशासनले पूर्जी जारी गरेको हो। यससँगै अब आस्थालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको छ। राउतले बुधबार सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गर्दै फेसबुक भिडियो लाइभ गरेकी थिइन्। विमानस्थलमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरीका अधारमा प्रहरीले कारवाही प्रकृया अघि बढाएको हो।

बधुबार काठमाडौं(भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले फेसबुक भिडियो लाईभ गरेकी थिइन् । उनलाई प्रहरी जवानले ‘तँ’ भनेको भन्दै फेसबुक लाईभमा आएकी थिईन, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

सोही बिबादलाई लिएर महिला प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा उनीमाथि ‘अभद्र व्यवहार’मा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पक्राउ पूर्जी जारी भइसकेकाले कारवाही अगाडि बढाइने बताए। 

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था छ। जसको छिनोफानो प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार कानुनले दिएको छ। सामाजिकसंजाल फेसबुकमा आस्था राउतको अभिव्यक्तिको पक्ष र बिपक्षमा तिब्र बहस र आलोचना भैरहेको छ । आस्था राउत स्वयम पुन फेसबुक लाईभ आएर सो विषयमा स्पस्टौति दिईसकेकि छिन तर पनि यो बिषय साम्य भएको छैन । क्षणिक आबेगका कारण तल्लोस्तरको शब्द बोल्न बाध्य भएको जनाउदई फेसबुकबाट क्षमायाचना समेत गरेकी थिई ।

सम्बन्धित समाचारहरु यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार