अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत, चार बजे सचिवालय बैठक बस्दै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  732 पटक हेरिएको

काठमाडौं, माघ ५ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच आज भएको छलफलबाट अग्नि सापकोटालाई सभामुखको उम्मेद्धार बनाउने सहमत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो ।

दुई अध्यक्षको छलपल पछि आज बेलुकि नै पार्टी सचिवालयको बैठक डाकिएको नेकपा स्रोतले बताएको छ । आजको सचिवालयको बैठकबाट सभामुखबारे निर्णय लिने बताइको छ । “सभामुखको उम्मेद्धार टुंगो लगाउन दुई अध्यक्ष सहमत भएको हो । आज बेलुकि चार बजे बस्‍ने सचिवालय बैठकले पात्र तोक्ने छ,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पत्रकारलाई जानकारी गराए ।

सभामुखको उम्मेद्धारको विषयमा दुई अध्यक्ष सहमतिमा पुग्न सकेका थिएनन् । पार्टी एकता अघिकै भागवण्डा अनुसार सभामुख टुंग्याइनुपर्ने भन्दै पूर्वमाओवादी केन्द्रले अडान राख्दै आएको थियो पूर्व एमाले जसरी नि पूवै सभामुख सुवास नेम्वाङ्गलाई सभामुख बनाउने पक्षमा थियो । दुई अध्यक्षको बारम्बारको प्रयास असफल भएपछि नेता तथा कार्यकर्तामा नैरास्यता छाएको थियो । उक्त नैरास्यतालाई चिर्दै आज बसेको दुई अध्यक्षको छलफलबाट देशले सभामुख पाउने भएको छ ।

शुक्रबार नै सभामुखको टुङ्गो लगाउने भने पनि सहमति जुटेको थिएन । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी थिई । पार्टीको बारम्बारको निर्देशनलाई समेत अस्वीकार गर्दै आएका उपसभामुख तुम्बाहाङफेले पार्टीले सभामुखको उम्मेद्धार खडा गरेपछि मात्र उपसभामुखबाट राजिनामा दिने अडान राखेपछि नेकपा नेतृत्वलाई दबाब परेको थियो ।

सम्बन्धित समाचारहरु यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार