जापानी उपमन्त्रीको राष्ट्रपति भण्डारी र पर्यटन मन्त्रि भट्टराईसंग छुट्टाछुट्टै भेटबार्ता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  868 पटक हेरिएको

काठमांडौ, माघ ४ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल भ्रमणमा रहनु भएका जापानका पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले पर्यटन मन्त्रि योगेश भट्टराई संग पनि भेट गरेका थिए । भेटका क्रममा नेपाल भ्रमण बर्षका अबसरमा बढीभन्दा बढी जापानी पर्यटकलाई नेपाल भ्रमण गराउने, नेपाल र जापानका बीचमा सिधा हवाई उडानमा बढाउने, नागरिक उड्ड्यनका क्षेत्रमा सहयोग बढाउने लगायत दुई देशका बीचको आपसी सम्बन्धका बारेमा फलदायी छलफल भएको मन्त्रि भट्टराईले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार