

काठमाडौं , माघ ४ ।

काठमाडौंमा लागेको बाक्लो कुहिरोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित भएको छ। बाक्लो कुहिरोका कारण भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य दुवै तर्फका उडान र अवतरण अवरुद्ध भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको छ। मौसम पुर्बानुमान महाशाखाका मौसमका अनुसार विमानस्थलको भिजिविलिटी ५० मिटर मात्र रहेको छ। हुस्सु केही घण्टापछि हट्ने उनले बताइएन्। उडान तथा अवतरण खुलेपछि पनि त्यसको प्रभाव दिनैभर पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

पहाडी क्षेत्रमा लागेको कुहिरो बिस्तारै हटे पनि तराईमा लागेको कुहिरो हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले काठमाण्डौसहित धेरैजसो ठाउँमा बाक्लो कुहिरो लागेका कारण सडकमा गाडी चलाउन र पैदल हिँड्न पनि समस्या भएको छ । भिजिविलिटी कम भएकाले विस्तारै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
शनिबार दिउँसोसम्म मौसम आंशिकदेखि समान्य बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। ठूलो वर्षा र हिमपात भने नहुने मौसम बिभागले जनाएको छ ।





755 पटक हेरिएको 
















