युक्रेन, माघ ३ ।
युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोनचारुकले राष्ट्रपति भोलोदोमीर जेलेन्स्कीलाई अर्थतन्त्रको ज्ञान छैन भनी बारम्बार आलोचना तथा तल्लो स्तरको टिप्पणी गरेको अडियो टेप लीक भएपछि राजीनामा दिने प्रस्ताव गरेका छन् । ‘राष्ट्रपतिप्रतिको सम्मान र विश्वासका सम्बन्धमा रहेको कुनै पनि शंकालाई निवारण गर्न मैले एक राजीनामापत्र तयार गरेर राष्ट्रपतिलाई हस्तान्तरण गरेको छु,’ गोनचारुकले आफ्नो आधिकारिक फेसबूक पेजमा लेखे ।
उनले उक्त अडियोबाट ‘मेरो टीम र मैले राष्ट्रपतिलाई सम्मान नगरेको कृत्रिम प्रभाव पारेको छ’ भने । ‘त्यो सत्य छैन,’ उनले भने । ‘म राष्ट्रपतिका कार्यक्रमको कार्यान्वयन गर्न यस पदमा बसेको हुँ ।’ जेलेन्स्कीको कार्यालयले प्रधानमन्त्रीको राजीनामापत्र प्राप्त गरेको र त्यसमाथि विचार गर्ने जनाएको छ । प्रधानमन्त्रीको अडियो रेकर्डिङ यसै साता सार्बजनिक भएको थियो । गत डिसेम्बरमा मन्त्रीहरू राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरूको अनौपचारिक बैठकमा यो अडियो रेकर्ड गरिएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यममा आएका रिपोर्ट अनुसार, बैठकमा सहभागी भएकाहरूले अहिलेका आर्थिक विकासका बारेमा राष्ट्रपतिलाई कसरी व्याख्या गर्ने भन्ने विषयमा छलफल गरेका थिए । सोही बखत उक्त अडियो रेकर्ड गरिएको बताईएको छ । जेलेन्स्की कमडियन हुन् र राजनीतिक रूपमा नवप्रवेशी हुन् । पोहोर साल उनले आश्चर्यजनक रूपमा चुनाव जितेर सत्तामा आएका थिए ।
गोनचारुकले व्याख्याहरू सरल हुनुपर्ने किनकि जेलेन्स्कीलाई अर्थतन्त्रका बारेमा प्राथमिक ज्ञान मात्र रहेको भनी उनले बोलेको अडियो रेकर्डमा सुनिन्छ । यसै अडियो रेकर्डका र आफ्नो नैतिकताको कारण राजिनामा राष्ट्रपति सामु बुझाएको स्पष्टौति दिएका छन ।