विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको पोखरामा उपचारको क्रममा निधन

गिनिज बुक अफ वल्र्ड रेकर्डर खगेन्द्र थापा मगर

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2362 पटक हेरिएको

पोखरा, माघ ३ ।

होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले संचार माध्यमलाई बताए ।

खगेन्द्रको निमोनियाका कारण निधन भएको छ । खगेन्द्रमा यसअघी स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएको नीजको आफन्तले बताएका छन ।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ .०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो ।

धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए । रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए । उनको वजन ५.५ किग्रा मात्र रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार