‘‘मिसेस ब्युटी क्विन नेपाल २०२०’’ को ताज सन्तोषी शाहीले जितिन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1455 पटक हेरिएको

काठमाडौं, माघ ३ ।

सिजन मिडियाद्धारा सञ्चालित एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । हिजो सम्पन्न उक्त मिसेस ब्युटी क्विन नेपाल २०२०मा ‘फस्ट रनर अप’को ताज सविता शर्मा र ‘सेकेण्ड रनर अप’को ताज सीता आचार्य पौडेलले जितेकी छिन । विजेताले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधि सहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् भने फस्ट रनर अप र सेकेण्ड रनर अप दुवैले बाली भ्रमणको टिकट लगायत विभिन्न उपहार प्राप्त गरेका छन् ।

‘थर्ड रनर अप’मा रञ्जना निरौला, र ‘फोर्थ रनर अप’ भने देवकला पुनले जितेका छन् । यस्तै सहभागिहरु मध्ये देवकला पुन, सिर्जना गौतम, सिर्जना पनेरु, सरिता कर्ण वियारी, अमिता अमात्य, दिपा ढुङ्गाना, सुहाना अर्याल, सन्तोषी शाही, उर्मिला खत्री, समीसा गिरी, सिता अर्चना पौडेल, सुम्निमा चौधरी, देवकला पुन, सविता शर्मा, रञ्जना निरौला, रस्मिला शाही, सविता शर्मा र रिता कार्कीले ‘टाइटल अवार्ड’ हात पारेका छन ।

सिजन मिडियाले विगत तीन वर्षदेखि निरन्तर रुपमा कोरियन स्कीन हस्पिटलको सहयोगमा लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ । प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाहरुको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले सो कार्यक्रम निरन्तरता दिईएको मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

“घर परिवार र समाजमा शिक्षित, सबल र जिम्मेवार व्यक्तिको रुपमा रुपान्तरण गर्न सहयोग पुगोस् भन्ने हेतुले विवाहित महिलालाई ध्यानमा राखेर प्रतियोगितात्मक कार्यक्रम गर्दै आएका छौँ”, उनले भने ।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजीन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएका थिए । “प्रतियोगीहरुको तालिम अवधिको कार्य क्षमताको बारेमा मूल्याङ्न गरी १०० पूर्णाङकको लब्धाङ्कपत्र एक दिन अगावै नै उपलब्ध गराएका थियौँ”, अध्यक्ष वन्तले भने, “उक्त आन्तरिक मूल्याङ्कनको प्राप्त अङ्क र यस कार्यक्रममार्फत निर्णायक मण्डलले दिएको प्राप्त अङ्क जोडेर विजेता चयन गरेका हौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार