दुई सन्तानसहित एक दम्पतीले त्रिशुलीमा हाम फाले, २ सन्तान बेपत्ता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  834 पटक हेरिएको

धादिङ्ग, माघ ३ ।

बेनीघाट रोराङ गाउँपालिकाको बाँदरे झोलुङ्गे पुलबाट एकै परिवारका ४ जनाले नदीमा हाम फालेका छन् । दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फालेपछि एक जनाको मात्र उद्धार गरिएको बेनीघाचट प्रहरीले जनाएको छ । झोलुङ्गे पुलबाट हामफालेका चारजना मध्ये श्रीमतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् । दुई बच्चा बेपत्ता भएका छन् भने श्रीमानको उद्धार गरिएको प्रहरीले जनाएको छ । जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकलाई त्रिशुलीले बगाएको हुन सक्ने र सम्भावित क्षेत्रमा खोजी भइरहेको प्रहरीले जानकारी गराएको छ । किन र के कारणले त्रिशुलीमा हाम फालेको भने नखुलेको र त्यस बिषयमा अनुसन्धान हुने प्रहरीले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार