ओली र प्रचण्डबिच सभामुखको बिषयमा अन्तिम छलफल आज

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  829 पटक हेरिएको

काठमाडौं, माघ ३ ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्ष सभामुख चयनको आन्तरिक छलफलमा फेरि जुटेका छन्। गत आइतबार यताको सम्वादहीनता तोड्दै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले सकारात्मक छलफल गरेको दाहालको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवासमै दुई अध्यक्ष, महासचिव र सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसँग राजीनामाका विषयमा छलफल गरेयता दाहाल बालुवाटार गएका थिएनन्।

शनिबार नेकपा सचिवालय बैठकले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। तर तुम्बाहाङफेले सभामुख उम्मेदवार चयन नगरेसम्म आफूले पदबाट राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्ष बिहीबार सभामुख उम्मेदवार चयनकै विषयमा केन्द्रित रहेर छलफलमा बसेका थिए।

दुई अध्यक्ष छलफलमा बस्नु अगाडि प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य पोखरेल र नेता सुवास नेम्बाङसँग आन्तरिक छलफल गरेका थिए। उता दाहालले पनि खुमलटार निवासमै गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, नेताहरू अग्नि सापकोटा, हरिबोल गजुरेल, जर्नादन शर्मालगायतसँग छलफल गरेका थिए।

नेकपाभित्र सभामुख पार्टी एकतापूर्वको भागबन्डाका आधारमा पूर्वमाओवादी तर्फकालाई नै दिने/नदिनेमा विवाद थियो। ओली सकभर नेम्बाङ नभएर अहिलेकै उपसभामुख तुम्बाहाङफेलाई सभामुख बनाउन चाहिरहेका थिए। तर दाहाल पार्टीको एकता महाधिवेशनसम्म विगतको भागबन्डा कायम रहेको भन्दै सभामुख छाड्न नसक्ने अडानमा थिए। यसैका कारण नेकपाभित्र सभामुख चयन दुई अध्यक्षबीचमै पेचिलो बन्दै आएको थियो।

स्रोतका अनुसार आज दुई अध्यक्ष पुन छलफल गरि सभामुखको बिषयलाई अन्तिम रुप दिने सहमति भएको स्रोतले जनाएको छ । सभामुख चयनको बिषयलाई लिएर पार्टिभित्र तिब्र धुर्बिकरण बढेको थियो । पछिल्लो समय सभमुख चयनको बिषयलाई लियर रष्ट्रपतिले समेत तुम्बाहाम्बेलाई नै समर्थन गरे पछि भने प्रचण्डले असन्तुष्टि रखेका थिए । आज बस्ने नेकपाको दुई अध्यक्ष बिचको छलफलले सभामुखको चयन गर्ने सबैले आश्वस्त छन् तर त्यो भने हेर्न नै बाकि छ । अध्यक्ष प्रचण्ड छलफललाई छाडेर जिल्ला भ्रमनमा हिडेपछि सभामुखको बिषय अन्योल बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार