जापान, माघ ४ ।
पछिल्लो समय जापानमा कोरोना संक्रमण (कोभिड–१९) को महामारी पुनःतिब्र गतिमा बढेको छ । कोभिड–१९ ले दिन प्रतिदिन जनजिवनमा निकै ठुलो समस्या ल्याएको हुदा जापान सरकारले हालै जारी गरेको नयाँ प्रावधान अनुसार जापान प्रवेश गर्ने हरेक व्यक्तिका लागि ७२ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट (नेगेटिभ रिजल्ट आएको) अनिवार्य गरेको छ ।
जापान प्रवेश गरेपश्चात १४ दिनसम्म सार्वजनिक यातायात प्रयोग नगर्न , उक्त अवधिभर होम क्वारेन्टिन वा अन्य तोकिएका स्थानहरुमा क्वारेन्टिनमा बस्न तथा स्वास्थ्य केन्द्र वा अन्य सम्बन्धित संस्थाहरुलाई आवश्यकता अनुसार लोकेशन डेटा ( Location Data ) उपलब्ध गराउन जापान सरकारले अनुरोध गरेको छ । तोकिएको नियम कानूनको उलङ्घन गरेमा जापान सरकारले उलङ्घन कर्ताको नाम , राष्ट्रियता र अन्य विवरणहरु सार्वजनिक गर्नुका साथै निजको आवास अनुमति ( Status of Residence ) रद्ध गरी स्वदेश फिर्ता पठाउने ( Deportation ) सम्मको कदम चाल्न सक्ने हुँदा जापान प्रवेश गर्ने हरेक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले जापान सरकारले कोभिड–१९ का सम्बन्धमा जारी गरेको निर्देशनहरु र नियम कानूनको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।
यदि गैर आवासिय नागरिकहरुले उक्त नियम उंलङ्गन गरेको पाईएमा देश फिर्ता समेत पठाउने भएकोले सम्पुर्ण नेपाली समुदायलाई सचेत गराउदै गैर आवासिय नेपाली संघ जापानले एक प्रेस बिज्ञप्ति निकाल्दै उक्त जापान सरकारले घोषणा गरेका सम्पुर्ण नियम कानुन पालना गर्न गराउन सुचना जारी गरेको छ ।
एनआरएनए जापानद्धारा जारी बिज्ञप्ति :