बिराटनगर, माघ ४ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले जानकारी दियो।
मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्। राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीचको जमघटमा मात्र बिहे हुन लागेको हो।
‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा समेत अभिनय गरेकी छन्। ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।
यसैगरी, ४९ वर्षीय राई २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन्। उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका हुन्। पछिल्लो समय नेकपा फुटको संघारमा पुगेपछि हाल मुख्यमन्त्रि राई नेकपा ओली समुहमा लागेका छन । भने प्रचण्ड–नेपाल समुहद्धारा अबिस्वासको प्रस्ताब पेश गरेका छन ।