टुँडिखेलमा थारु समुदायले मनाए माघे सक्रांति पर्ब (फोटो फिचर)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1371 पटक हेरिएको

काठमाडौं, माघ १ ।

आज माघ १ गते माघेसंक्रान्तिको दिन, माघ थारु समुदायको एक विशेष पर्व हो । जुन उनीहरुले महत्वपूर्ण रूपमा मनाउँदै आएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् ।

बुधबारबाट थारु समुदायको नयाँ वर्ष २६४३ औं वर्ष सुरु भएको छ । माघ १ अर्थात नयाँ वर्षको स्वागतका लागि यतिबेला दाङलगायतका थारु समुदाय अन्तिम तयारीमा जुटेका छन् । माघ १ गतेका दिन थारु समुदायहरु आ-आफ्नो पायक पर्ने ठाउँमा भेला भएर नाचगान, भेला, बैठक, तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँछन् ।

काठमाडौंमा रहेका थारु समुदायले पनि टुँडिखेलमा भेला भएर बिशेष कार्यक्रम गरी माघ १ तथा नया वर्षको रूपमा खुशियालीका साथ मनाएका छन् । आफ्नो भेषभूषासहित आएका युवायुवतीले नाचगान गर्नुका साथै झाँकी प्रदर्शन गरे । टुँडिखेलमा थारु समुदायको परिकार पनि राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार