पोखराको सेती खोचमा यती यअरको बिमान दुर्घटनाग्रस्त, घटनास्थलबाट ३२ जनाको शव निकालियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  377 पटक हेरिएको

पोखरा, माघ १ ।   

पोखरामा केही समय पहिले दुर्घटनाग्रस्त भएको यती यअरलायन्सको उद्गारकार्य जारी रहेको छ । पोखरामा भएको विमान दुर्घटनामा हालसम्म ३२ जनाको शव निकालिएको जानकारी प्राप्त भएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जादासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । पुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो । हाल उद्धारकार्य जारी रहेको छ ।

काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो ।

‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्‍यो,’ उनले भने,’ठूलो आवाज आयो ।’ दुर्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार