सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल रविन रुचाल पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1145 पटक हेरिएको

काठमाडौं, पुस २९ ।

सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाएको अभियोगमा तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र पोर्नसाइटमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजाल मार्फत नै गाली गलौज गरेका थिए । त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २/३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार