जापान, पुस ३० ।
एनआरएनए जापानको बिबाद सतहमा देखिएको छ । निर्वाचन पछी दुई पक्षमा बिभाजित एनआरएनए जापान एकले अर्कोलाई स्वीकार गर्ने पक्षमा देखिदैन । यसै सन्दर्भमा एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै एनआरएनए जापानको लेटरप्याडको दुरूप्रयोग भएको भन्दै आपत्ति जनाएको छ । एनआरएनए जापान एउटा मात्र रहेको र आफ़ु नै अधिकारिक रहेको जिकिर गर्दै अनैतिक र असामाजिक हर्कत नरोकिएमा कानुनी कार्बहीमा जाने चेतावनी दिएको छ । एनआरएनए जापानद्वारा जारी बिज्ञप्ति जस्ताको तस्तै साभार गरेका छौ ।
गैर आवासिय नेपाली संघ एनआरएनए जापानको २०२१-२०२३ कार्यसमितिको नेतृत्व शिव प्रसाद पौडेलले गरिरहनुभएको यहाँहरुलाई अवगत नै छ । एनआरएनए स्थापनाकाल देखि गैरआबासिय नेपाली शंघ अंतर्रास्ट्रिय समितीका निबर्तमान अध्यक्ष भबन भट्ट लगाएत हालसम्मका पूर्व अध्यक्षज्यु हरुकोसम्रक्षकत्व , अंन्तर्रास्ट्रिय समन्वय कमिटी ,पररास्ट्रमन्त्रालय र जापान सरकारबाट समेत मान्यता प्राप्त भई सम्मानित व्यक्तित्वहरुको छत्रछायाँ र रेखदेखमा कानुनी रुपमा जापानमा दर्ता भएको एक मात्र एनआरएनए रहेको छ र त्यो शिव प्रसाद पौडेलले नेतृत्वमा रहेको छ ।जापान तथा नेपालको क़ानून अनुसार अन्य दर्ता एउटै नामको संस्था दर्ता समेत हुन नसक्ने प्राबधान समेत रहेको छ ।
बैधानिक तवरले निवार्चीत भई वर्तमान कार्यसमितिले जापानवासी नेपालीहरुको हित र एकताको लागि सक्दो काम र आफ्ना प्रयासगरि समर्पित गरिरहेको छ । यहि बिचमा समाजमा अराजक र अनावश्यक विवाद निकाल्न उद्दत केही व्यक्तिहरुले गैर कानुनी ढंगबाट एनआरएनए जापानको लेटर प्याड लगायतको सामग्री दुरुपयोग गरि गैर कानुनी तवरले गतिविधि गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
शिव प्रसाद पौडेल नेतृत्व बाहेकको जापानमा कुनैपनि एनआरएनएन जापान नामको संस्था नभएको पुन सबैमा जानकारी गराउँदछौं । अवैधानिक र गैरकानुनी रुपमा संस्थाको लोगो, लेटरहेड जस्ता सामग्री दुरुपयोग गर्दै एकताबद्ध जापानको नेपाली समाजलाई भाँड्ने किसिमले गतिविधि गरिरहेका त्यस्ता व्यक्तिको पछि नलाग्न समेत हार्दिक अपिल गर्दछौं ।साथै उक्त आपराधिक ब्यक्तीहरुलाई संस्थाको लेटर हेड हरु प्रयोगरेको हुनाले जापानको नियमकानुन बमोजिम कार्बाइको भोगी हुनु पर्ने जानाकारी दिन चाहान्छौ।
कोभिड संक्रमणको महामारिपूर्ण अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्दै काम र दैनिकी अघि बढाउनुहुन अनुरोध सहित एनआरएनए जापानको वर्तमान कार्यसमितिलाई तपाईंहरुबाट प्राप्त साथ र सहयोग प्रति फेरीपनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।