एनआरएनए जापानमा समानान्तर गतिबिधि गर्दै आईरहेका का.बा अनिता गुरुङ्ग टिमले अनिता गुरुङ्गलाई दिईयो अध्यक्षको पुर्ण जिम्मेवारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  325 पटक हेरिएको

जापान, पुस २९ । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको २०१९/२०२१ कार्यकाल नेतृत्वले गरेको निर्वाचन प्रणालीलाइ केन्द्रिय एमआइएसबाट कब्जामा लिएर धांधली गर्दै निर्वाचन नतिजा प्रकाशित गरेको भन्दै निर्वाचनको बिरोध गर्दै आएका असन्त्ष्ट पक्षले एनआरएनए जापानको २०१९/२१ कार्यसमितिलाई निरन्तरता दिएको भन्दै बिभिन्न गतिबिधि गर्दै आईरहेको छ । निर्वाचनमा भएको धाँधलीको बिषयमा छानबिन गर्न छानबिन कमिटि निर्माण गरि अनुसन्धान गरी रिपोर्ट सार्वजनिक गरियो तर पनि त्यसलाई एक पक्षले अस्वीकार गर्दै अघि बढ्न थालेपछि एनआरएनए जापानको बिबाद झन बढ्न थाल्यो । त्यसलाई कसैले पनि मानेनन अनुसन्धानको प्रतिवेदनले सिष्टम दुरुपयोग गर्दै चुनावमा अनियमितता भएको प्रमाण सहितको रिपोर्ट आएको थियो ।

नेपाल सरकारले पनि यसलाई पुनस्निर्वाचन गर्न लिखित निर्देशन दिएको थियो । नेपाल प्रहरीमा साइबर क्राइमको उजुरी मुद्धा छ। आफ्नो कर्तब्य अनुरुप सो कार्यकालले आफ्नै सिष्टम प्रयोग गरेर पुनस्निर्वाचन गर्ने, निष्पक्ष निर्वाचन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय यस पहिला नै गरेको थियो। निर्वाचनमा धाँधली भएको भन्दै बिरोध जनाउदै आएका २०१९/०२१ कार्यकालका कार्यबाहक अध्यक्ष अनिता गुरुङ्ग नेर्तत्वको पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेर अघि बढेको अनिता गुरुङ्गको टिम पछिल्लो समय पुन अनिता गुरुङ्गलाई पुर्ण अध्यक्षको अधिकार दिदै बिभिन्न निर्णयहरु सार्वजनिक गरेका छन । यहि जनवरी १२ तारिक बसेको बैठकबाट आफुलाई पुर्ण अध्यक्षको जिम्मेवारी पाएको र कार्यसमितिमा बाँकी रहेको पदमा नयाँ साथीहरुलाई मनोनय गरी कार्यसमितिलाई पुर्णता दिएको सहितको निर्णय सहितको लिखित पत्र मार्फत भिजन अनलाईन न्युजलाई जानकारी प्राप्त भएको थियो । उक्त पत्रको आधारमा अध्यक्ष अनिता गुरुङ्गको नेतृत्वमा ३३ जनाको नयाँ कार्यसमितिको पुनर्गठन गरिएको जनाएको हो ।

यो टिमले १२ तारिकको बैठकबाट नेपाल सरकारको सिमा अतिक्रमणको क्रममा भारतले निर्माण गरेको सडक निर्माण कार्यलाई तत्काल रोक्न समेत ध्यानाकर्षण गरेको छ । तत्कालिन अध्यक्षले जापानको कानुन अनुसार अपराध गरको ठहर भएपछि अध्यक्षबाट निलम्बित भएका थिए। त्यसपछि बरिष्ठ उपाध्यक्ष रहेकी अनिता गुरुङले कार्यबाहक (काबा) चलाउँदै आएकी थिईन।अब कार्यबाहक अध्यक्ष अनिता गुरुङलाइ पूर्ण अध्यक्ष चयन गरिएको उक्त टिमले थप निर्णयहरु गरेका छन्।

मिटिङ्गका निर्णयहरु 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार