गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि महायज्ञ लगाईने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1412 पटक हेरिएको

चितवन, पुस २८ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग जुटाउन चितवनमा महायज्ञ गर्न लागिएको छ। धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशाला निर्माण कार्य अघि बढाए पनि पर्याप्त बजेट जुटिसकेको छैन। रंगशाला निर्माणस्थल परिसरमा धनधान्याञ्चल महायज्ञ गर्न लागिएको धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए।

‘माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ गर्न लागेका हौं, औपचारिक घोषणा गर्न भने बाँकी छ यसबारे केही दिनभित्र पत्रकार सम्मेलन गरेर जानकारी गराऊने सिताराम कट्टेलले भने ‘महायज्ञबाट ५० करोड रुपैयाँ रकम संकलन हुने अपेक्षा छ।’ महायज्ञको बाचन पण्डित दिनबन्धु पोखरेलले गर्नेछन् भने महायज्ञ उद्घाटन ‘खेलाडीहरूबाट गर्ने तयारी रहेको छ,’ उनले भने।महायज्ञ व्यवस्थापनका लागि विजय सुवेदीलाई संयोजक तोकीएको समेत जानकारी गराऊनु भयो ।

रंगशाला निर्माणमा खर्च जुटाउन भन्दै गत मंसिरमा धुर्मुस-सुन्तलीले ठेला पसल पनि खोलेका थिए। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र म:म बेच्न राखिएका छन्। रंगशाला निर्माणमा दुई सय जनाभन्दा धेरै कामदारले काम गरिरहेका छन्। गत वर्ष माघमा फाउण्डेसनले रंगशाला निर्माण घोषणा गरेका थिए।

भरतपुर महानगरको रामपुरस्थित कृषि, वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको २० विगाहा क्षेत्रफलमा रंगशाला निर्माण सुरू गरिएको हो। यो रंगशाला बनाउन करिब तीन अर्ब खर्च लाग्ने इस्टिमेट सहितको डीपीआर सार्वजनिक गरिसकेको छ । यो योजना निर्माण सम्पन्न भए पश्चात एकै पटक यहाँ २५ हजार भन्दा धेरै दर्शकले खेल हेर्न सक्नेछन्। क्रिकेट मैदानबाहेक फुटबललगायत अन्य रंगशाला पनि यही परिसरभित्र बन्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार