नेपाल चीन बिचको सम्बन्धलाई नया आयाम दिन चिनिया भाषा बुझ्न जरूरी : शिक्षा मन्त्रि पोखरेल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1651 पटक हेरिएको

काठमांडौ, पुस २८ ।

चाईनिज भाषा एकेडेमीको उदघाटन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नराखेर आधुनिक समाजका लागि युवाहरूले नयाँ आयामबाट दुई देशको सम्बन्धलाई चिनाउनुपर्ने बताए । 

नेपाल–चीन पत्रकार समाजले आयोजना गरेको तीन महिने चिनियाँ भाषा प्रशिक्षण कार्याक्रममा मन्त्री पोखरेलले पत्रकारले चिनियाँ भाषा सिक्नु आजको आवश्कता भएको बताएका हुन् । ‘हामीले अंग्रेजी, चिनीयाँ लगायत आवश्यक सबै भाषा सिक्नुपर्छ तर नेपाली भाषालाई पनि सँगै लिएर जानुपर्छ । विश्वसामु पहिलो भएर उदाइरहेको चीनको भाषा सिक्नु सबैका लागि आवश्यकता भएको छ’ मन्त्री पोखरेलले भने ।  

शिक्षामन्त्री पोख्रलले पर्यटन वर्ष २०२० लाई प्रभावकारी बनाउन भाषामा पनि ध्यान दिनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयका रजिष्टार सुबोध शर्माले नेपालमा चिनिया भाषाको महत्व बढ्दै गएको बताए । भने, ‘घर–घरमा टेलिभिजन, चलचित्र हेर्नेहरू बढिरहेका छन् । चीन बुझ्न त्यहाँको संस्कृति बुझ्नुपर्छ । संस्कृति बुझ्न भाषा बुझ्न आवश्यक हुन्छ ।’  

रजिष्टार शर्माले काठमाडौं विश्वविद्यालयमा चिनियाँ दार्शनिक कन्फ्युसियसको छुट्टै भवन निर्माणका लागि पहल भइरहेकाले यसमा नेपाल सरकारले आवश्यक पहल गरिदिन आग्रह गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले केही समय अघि चीन रहस्यको देशका रूपमा बुझिए पनि भाषाको समृद्धिका कारण चीन विश्वमै शक्तिशाली देश भएको बताए । 

‘चीनबाट नेपालमा बिभिन्न किसिमका पर्यटकहरू भित्रीरहेको छ कोही धेरै भलाद्मी पर्यटकहरू आइरहेका छन् भने कोही आपराधिक मानसिकताले नेपाल आएका छन् । भाषाकै समस्याका कारण हामीले उनीहरूलाई पहिचानगर्न सकेका छैनौं । पत्रकारले चिनियाँ भाषा सिकेपछि सजिलै छुट्टाउन सकिन्छ ’ अध्यक्ष श्रेष्ठले भने । काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्सिच्युटका निर्देशक वाङ सेङ्गीले प्रशिक्षण अवधिभर दक्ष प्रशिक्षक र स्तरीय पाठ्यपुस्तक उपलब्ध गराइने बताए । आउँदै गरेको चिनियाँ नयाँ वर्ष खुलेर मनाउन समेत उनले नेपालीहरूलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार