जापान, पुस २९ ।
स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाले “प्रवासि स्याङ्जाली” नामक स्मारिका प्रकाशन गर्ने भएको छ । समाजले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा स्मारिका प्रकाशन गर्ने तयारी थाल्दै रचना आह्वान समेत गरेको छ । गत मंगलबार बसेको समाजको नियमित बैठकले आउने नेपाली नयाँ बर्षमा स्मारिका बिमोचन गर्ने हेतुले अध्यक्ष निशान रानाको सयोजकत्वमा कार्य विभाजन गरी प्रवासमा बस्ने नेपालीप्रति रचना आह्वान गरेको छ ।
एक अर्काको ज्ञान तथा अनुभव आदानप्रदान होस् भनी समाजले प्रकाशन गर्न लागेको यस स्मारिका जापानबासी वा प्रवासी नेपालीहरुका लागि अत्यन्त उपयोगी हुने कुरा अध्यक्ष रानाले बताउनु भयो साथै यस काममा जापानमा बसोबास गर्ने नेपाली समुदायको पूर्ण साथ सहयोग रहने कुरामा पनि आफु विश्वास्त रहेको जानकारी दिनु भयो ।
प्रकाशित गर्ने स्मारिकामा जापानबासी नेपाली सर्जकहरुले आफ्ना रचनाहरु कविता, गजल हाइकु ,सायरी, लघुकथा, आफ्ना अनुभव, लेख तथा अन्य राख्न सक्नु हुने छ। इच्छुक ब्यक्तिले लेख तथा रचना आफ्नो परिचय खुल्ने गरी देहाय बमोजिमको ठेगाना र समयमा एक प्रती फोटो सहित पठाई सहयोग गरिदिनुहुन समाजका महासचिव मनोज ढुंगानाले अनुरोध गर्नु भयो ।
मिती :२०२२ फेब्रअरी २० सम्म
पठाउने ठेगाना : ssjnagoya@gmail.com
अथवा
सम्पर्क : निसान राना ( ०८०-४५३१-०३९३) : राजेन्द्र लम्साल (०८०-५१७०-७०७० )